जिफन्ट राप्ती नगर पालिकाको अध्यक्षमा चन्द्र देवी तामाङ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राप्ती नगर पालिकाको भाद्र १५ गते सम्पन्न भेलाले चन्द्र देवी तामाङको अध्यक्षतामा ९ सदस्यीय पालिका अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।

जिफन्ट चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुष्कर बाबु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सो भेलामा, नेकपा एमाले राप्ती नगर कमिटी सचिव तारकेश्वर प्रसाद सिंह, जिफन्ट महानगर कमिटी अध्यक्ष दिपक कुमार सिलवाल लगाएतका अतिथिहरूको सहभागिता रहेको थियो ।