अलैँची क्षेत्रमा पेशागत स्वाथ्य सुरक्षा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले चिया तथा अलैँची क्षेत्रमा पेशागत स्वाथ्य सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भाद्र १२ गते इलाम जिल्लाको इलाम बजारमा सम्पन्न गरेको छ । 

इलामका श्रमिकहरु र उत्पादक व्यवसायी र ट्रेड युनियनका नेताको उपस्थिति रहेको अन्तर्क्रिया कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्कीले कार्यक्रमको विषय वस्तु तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा ,योगदानमा आधारित सामजिक सुरक्षाको बारेमा अवधारणा प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा उपस्थिति सहभागीहरूले अवधारणा पत्र ,स्वास्थ्य सुरक्षा र सामाजिक सुरक्षा विषयमा जिज्ञासा राख्नु हुदै राज्यले उचित सिचाइ बजार व्यवस्थापन ,अलैचि विरुवामा समस्या ,प्लास्टिक पोखरीको व्यवस्था आदि समस्या रहेको बताउनु भयो ।

२०७२ सालको भूकम्प पछि पानीको मुहान सुक्दै गएकोले अलैँचीमा पानी सिचाइको समस्या भएको र चिया क्षेत्रमा स्थाई र ज्यालादारी श्रमिक बिच ज्यालामा विभेद रहेको, योगदानमा आधारित सामाजिक सुरक्षा कोष अहिले सम्म पनि लागु नभएको र  स्थाइ श्रमिकलाई विभिन्न वहाना बनाएर निकालेर ज्यालादारी श्रमिक लगाउने क्रम बढेको बताएका थिए । 

अन्तर्क्रिया कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला ,चिया कफी श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्तकुमार राई र जिफन्ट इलाम संयोजक जगत बहादुर नेम्वाङ्ग जिफन्ट पांचथर संयोजक हर्क खडकाको उपस्थिति रहेको कार्यक्रको संचालन जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले गर्नु भएको थियो ।