जिफन्ट कुश्मा नगरको अध्यक्षतामा उषा भारती गिरी

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट पर्वत अन्तरगत कुश्मा नगरको साउन ३० गते सम्पन्न अधिवेशनले उषा भारती गिरीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्बाचित गरेको छ । 

अधिवेशनका प्रमुख अतिथी नेकपा एमाले पर्बत जिल्ला अध्यक्ष गोबिन्द गिरीले नेकपा एमालेको नेतृत्वमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम ल्याएको भन्नुहुदै नेकपा एमाले श्रमजिवीहरूको हितमा काम गर्ने पार्टी रहेको बताउनु भयो । 

अधिवेशनका अतिथि जिफन्ट पर्बत जिल्ला समन्वय कमिटी अध्यक्ष  खगेश्वरी शर्माले श्रम डेक्स स्थापना, श्रमिक सुचिकरण, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन लगाएतका बिषयहरू कार्यान्वय गर्न पार्टीले भुमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।