युवाहरूको सक्रियताले ट्रेड युनियन आन्दोलनलाई थप उपलब्धी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रम क्षेत्रमा युवाहरूको सक्रियताले ट्रेड युनियन आन्दोलनलाई थप उपलब्धी भएको धारणा व्यक्त गर्नुभएको छ । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिफन्ट गण्डकी युवा कमिटीद्वारा साउन २६ गते पोखरामा आयोजित  युवा भेलामा सो धारणा राख्नु भएको हो । 

युवा कमिटीका अध्यक्ष अनिलकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त भेलामा सबै युनियनको तर्फबाट विष्णु खत्रीले शुभकामना सन्देश राख्नु भएको थियो । 

कार्यक्रममा राष्ट्रिय कमिटी सदस्य पम्फा पहरी, प्रदेश अध्यक्ष रूद्रबहादुर खत्री, नेत्र बहादुर मगर, प्रदेश युवा इन्चार्ज तीर्थराज मगर लगायतको उपस्थिति रहेको थियो । 

सोही भेलाबाट सुमन कार्कीको अध्यक्षतामा प्रदेश युवा कमिटी र संजय थापाको अध्यक्षतामा पोखरा महानगर युवा कमिटी पनि गठन भएको छ ।