अन्तर्राष्ट्रिय युवा दिवस २०८१ सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवस २०८१को अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले साउन २८ गते समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तीकरण नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना गरी युवा दिवस मनाएको छ ।

जिफन्ट केन्द्रीय युवा कमिटीको आयोजनामा काठमाण्डौमा आयोजना गरेको युवा भेलामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा सबैमा शुभकामना दिनु हुँदै  संसारका हरेक परिवर्तनहरू युवाहरूको शक्तिबाट नै हुने गरेको भन्नु हुँदै नेपालको श्रम बजारमा देखिएका चुनोतीहरूलाइ पनि सामना गर्न युवा श्रमिकहरू नै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी १० जना युवाहरूले नेपालको श्रम बजारमा देखा परेका चुनैतिकाबारेमा जिज्ञासा राख्नु भएको सो कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्माले अन्तर्राष्ट्रिय युवा दिवसको इतिहास र जिफन्टको युवा नितीकाबारेमा प्रकाश पार्नु भएको थियो ।

यूवा कमिटी अध्यक्ष बिके श्रेष्ठको अध्यक्षतामा भएको सो युवा भेलाको सञ्चालन बिकेश खड्काले गर्नु भएको थियो भने स्वागत निरज घिमिरेले गर्नु भएको थियो ।

त्यसैगरी जिफण्ट युवा कमिटी मकवानपुरद्वारा युवा दिवसको सन्दर्भमा हेटौँडा स्थित श्रमिक वाटिका बालुवाटार शान्तिनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस २०८१ को सन्दर्भमा जिफन्ट कोशी प्रदेश युवा कमिटीको आयोजनामा रोजगार र दुर्व्यसन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम बिराटनगरमा सम्पन्न गरेको छ ।

जिफन्ट कोशी युवा कमिटी अध्यक्ष भली सुब्बाको अध्यक्षतामा, जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा निजी तथा सरकारी स्कुलका १२० जना युवा विद्यार्थीहरू सहभागी रहेको थियो ।

जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा प्रहरी निरीक्षक तोरण परियार, लागु औषध विरुद्धका अभियन्ता संजिप चापागाईँ, युवा अभियन्ता वसन्त अधिकारी, उद्योग संगठन मोरङका प्रतिनिधि चूडामणि भट्टराई, युवा स्वरोजगार विक्रमकुमार शाह, रवि गुप्ता रहनु भएको थियो।

त्यसैगरी मदेश प्रदेशको सिमरामा नवराज कार्कीको अध्यक्षतामा सम्पन्न युवा भेलाको प्रमुख अतिथि जिफन्ट उपाध्यक्ष मञ्जु थापा मगर, प्रदेश अध्यक्ष कमलेश झा लगायतका नेताहरूले युवा श्रमिकहरूको बारेमा चर्चा गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय युवा दिवसको  सन्दर्भमा जिफन्ट लुम्बिनी प्रदेश युवा कमिटी सचिव सृष्टि भट्टराई को अध्यक्षता बुटवलमा युवा भेला सम्पन्न भएको छ ।

जिफन्ट शिक्षा विभाग सचिव हरि बहादुर कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराई लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कर्णाली प्रदेश युवा कमिटीले तीनै तहका सरकारलाई युवा शक्ति सञ्चित र उत्पादनमा ध्यान आग्रह गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा श्रमिकहरूबिच आयोजित छलफल कार्यक्रममा जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले सो कुरा बताउनु भएको हो ।

छलफलमा स्वास्थ्यकर्मी सीता शाही युवा उद्यमी ऋषि वलीले धारणा राख्नु भएको उक्त कार्यक्रम युवा कमिटी सदस्य मीना गौतमले सञ्चालन गरेकी थिइन् भने प्रदेश युवा कमिटी कार्यवाहक अध्यक्ष सविता धामीको अध्यक्षतामा सम्पन्न भएको थियो।

त्यसैगरी जिफन्ट सुदूरपश्चिम प्रदेश युवा कमिटीले अन्तर्राष्ट्रिय युवा दिवस २०८१को  सन्दर्भमा साउन २८ गते आयोजित युवा भेलाका प्रमुख अतिथि जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित मल्लले जिफन्टको युवा नीति तथा कार्यक्रमको बारेका प्रकाश पार्नु भएको सो कार्यक्रमको अध्यक्षता अम्मर बिष्टले र सञ्चालन दान बहादुर बिष्टले गर्नु भएको थियो । 
 

फोटोकोलागी https://www.facebook.com/media/set/?set=a.122109724202435116&type=3