नेपाल बार्यन इलेक्ट्रिकल प्रा. लि. मा कार्यरत ७२ जना श्रमिकहरू विगत तीन वर्ष देखि पारिश्रमिक नपाइरहेको अवस्थामा हाल मालिक पनि बेपत्ता रहेको जानकारी प्राप्त भएको छ ।
श्रमिकहरूले पाउनु पर्ने पारिश्रमिक तथा सेवा–सुविधाका लागि जिफन्टको पहलमा श्रम कार्यालय सहित सम्बन्धित निकाय तथा नेपाल स्थित जर्मन राजदूतावासमा समन्वय गरी समस्याको समाधानको पहल गरिएको छ ।
नेपालमा श्रमको क्षेत्रमा कार्यरत जर्मन संस्था FES का वरिष्ठ अधिकृत चन्द्रदेव भट्टसँग समन्वय गरी फरार मालिकलाई खोज्ने कार्यमा सहयोग गर्नका लागि जिफन्ट उपमहासचिव कमला तामाङ्गको नेतृत्वको प्रतिनिधिले अनुरोध गरेको छ ।
उक्त प्रतिनिधि मण्डलमा विदेश विभाग सचिव स्मृति लामा, श्रम सम्बन्ध परिषद सचिव कृष्ण बहादुर केसी, प्रदेश सदस्य ईश्वरी थापा, प्रतिष्ठान अध्यक्ष जानुका थापा रहनु भएको थियो ।