राइडर्स युनियन नेपाल (रन)

संबद्ध गतिविधिहरू

राइडर्स युनियनले दोस्रो स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघमा आवद्ध राइडर्स युनियन नेपालको दोस्रो स्थापना दिवसको एक कार्यक्रममा साउन २३ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले डिजिटल प्लेटफर्म श्रमिकहरुको कानुनी मान्यता र सुरक्षाकालागि जिफन्ट स्पष्ट, प्रतिबध्द र सकृय रुपमा लागि परेको बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले डिजिटल प्रविधि र आधुनिक यातायात प्रणालीको विकाससँगै राइड सेयरिङ सेवा रोजगारीको नयाँ स्वरूपका रूपमा उदाएको र नेपालमा राइड शेयरिङ सेवाको प्रयोग पछिल्ला केही वर्षहरूमा तीव्ररूपमा वृद्धि भएको बताउनु हुंदै डिजिटल रोजगार क्षेत्रका श्रमिकहरूको कानुनी मान्यता र सुरक्षाका लागि जिफन्ट प्रतिबद्ध छ र अन्तरराष्ट्रिय स्तरमा समेत यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अधिकार संरक्षण गर्नकालागि मापदण्ड सहित ILO अभिसन्धी बनाउने काम सुरू बताउनु भयो ।

दोस्रो स्थापना दिवसको यो अवसरलाई नयाँ उर्जा, प्रतिबद्धता र एकताको प्रेरणा बनाउँदै, श्रमिकहरूको अधिकार स्थापनाका लागि अझ बलियो कदम चाल्न अध्यक्ष श्रेष्ठले आग्रह समेत गर्नु भयो ।

रन अध्यक्ष माधब पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब सन्तोष खतिवडाले गर्नु भएको थियो ।

त्यसैगरी स्थापना दिवसको सन्दर्भमा चितवन जिल्ला कमिटीले दिपावली सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न गरेको छ ।

कार्यक्रमको थप फोटोकोलाथी लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122164007972435116&type=3

 

राइडर्स युनियन नेपाल (रन) चितवन जिल्ला अलपत्र यात्रुलाइ पानी र बिस्कुट वितरण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) चितवन जिल्ला कमिटी उपाध्यक्ष आलोक कुमार श्रेष्ठको नेतृत्वमा अलपत्र परेका यात्रु तथा यातायात मजदुरहरूलाइ पानी र बिस्कुट वितरण गरेको युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले जानकारी दिनु भएको छ । 
 

राइड सेयरिङ चालकहरूद्वारा विरोध प्रदर्शन

राइड सेयरिङ चालकहरूले इन्धनको मूल्य बढ्दै गए पनि भाडा दर समायोजन नभएको भन्दै चैत्र १६ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। 
चालकहरूले सरकारसँग भाडा पुनरावलोकन,नीतिगत स्पष्टता र आफ्नो श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले समस्या समाधान नभए थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।

 

श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको उपज गणेश नेपालीको आत्मदाहको प्रयत्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) ले असार २५ गते एक बिज्ञप्ती जारी गर्दै राइड सेयर श्रमिक गणेश नेपालीको आत्मदाहको प्रयत्न र घटनाको पष्ठृभमूी प्रती गम्भीर ध्यार्नाकर्षण भएको जनाएको छ। 

राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको, त्रिपुरेश्वरमा आत्मदाहको प्रयत्न गरेका थिए ।

रनले प्रेश बिज्ञप्ती जारी गर्दै  नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना महानगरपालिका र प्रहरीले ट्राफिक ब्यवस्थापनकालागी जरीवानालाइ मात्रै प्रमुख समाधानको उपाए बनाएकोले न्युन आय भएका श्रमिकहरूले आर्थिक तथा मनोबेज्ञानिक दवाबमा काम गर्नु परेको उल्लेख गर्दै यस घटनाबाट शिक्षालिंदै प्लाटफर्म श्रमिकहरूको कार्य बातावरण सहज र सुरक्षित बनाउनुका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय मापदण्डलाइ सम्मान गर्दे कार्यान्वयको माग गरेको छ ।

गणेश नेपालीको जिवन रक्षाकालागी कुनै पनि कसुर नछोड्न सरकार समक्ष जोडदार माग समेत गरेको छ । 
 

निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीमाग गर्दै राइडर्स श्रमिकको धर्ना

राइड सेयर श्रमिक गणेश नेपालीको आत्मदाहबाट भएको निधन भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाहीको माग गर्दै  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन), नेपाल राइडर्स तथा अनलाइन श्रमिक संघ लगायतका संस्थाहरूले असार २६ गते बिरअस्पताल परिसरमा शान्तीपुर्ण धर्ना दिएको छ । 

निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, आश्रीत परिवारलाइ क्षतिपुर्ती, छोरीलाइ निशुल्क शिक्षा, तथा परिवार सदस्यलाइ रोजगारको ब्यवस्था लगायतका माग राखी शान्तीपुर्ण धर्ना कार्यक्रममाको अयोजना गरेको रन केन्द्रीय सदस्य सुदिप परीयारले जानकारी दिनु भएको छ । 
 

राईडर्स युनियन नेपालको तेस्रो स्थापना दिवस सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राईडर्स युनियन नेपाल (रन) को तेस्रो स्थापना दिवसको सन्दर्भमा साउन २२ गते जिफन्ट सभाहलमा शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न भयो ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै प्रविधिको तीव्र विकाससँगै डिजिटल प्लेटफर्ममा आबद्ध श्रमिकहरूलाई संगठित गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


अध्यक्ष श्रेष्ठले राइड सेयरिङ, फुड डेलिभरी, अनलाइन सेवा, फ्रिलाईन्सर, ई–कमर्स, लगायतका क्षेत्रमा कार्यरत श्रमिकलाई डिजिटल माध्यम मार्फत संगठित गर्ने अभियानलाई बिस्तार गर्नु पर्ने बताउनु हुंदै गत जुनमा सम्पन्न ११४औँ अन्तरर्राष्ट्रिय श्रम सम्मेलनबाट प्लेटफर्म अर्थतन्त्रमा हुने काम सम्बन्धी अन्तर्राष्ट्रिय श्रम मापदण्ड तय गर्ने ऐतिहासिक निर्णय गरेको बताउदै अब नेपालमा प्लेटफर्म श्रमिकहरूकालागी कानुन निर्माणकालागी दवाब सिर्जना गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रमका अध्यक्ष तथा राईडर्स युनियन नेपालका केन्द्रीय अध्यक्ष माधव पाण्डेले संगठनको इतिहास छोटो भए पनि श्रमिक वर्गबीचको एकता र सहकार्यले संगठन विस्तार, सुदृढीकरण र श्रमिक अधिकारको संरक्षणका लागि अझ सशक्त रूपमा अघि बढ्ने होसल्ला मिलेको बताउनु भयो । 


कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राईडर्स युनियन नेपालका उपाध्यक्ष वंशी भट्टराईले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव सुदीप विकले गर्नु भएको थियो ।