निजी क्षेत्रद्वारा सञ्चालित विभिन्न कम्पनी अन्तरगत कार्यरत सुरक्षाकर्मीहरूको सङ्ख्या हजारौं छ । उनीहरू निजी घरदेखि कलकारखाना, कार्यालय, बैंक, कम्पनी र संयुक्त राष्ट्र संघको कार्यालयसम्म पनि कार्यरत छन् । न्यूनतम श्रमिक अधिकार पनि नपाइरहेको अवस्थामा आफ्नो अधिकार रक्षाको लागि सङ्गठित रूपमा आवाज उठाउन नेपाल सुरक्षा श्रमिक युनियनको २०६१ सालमा गठन गरी श्रम विभागमा दर्ता भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (नेष्टु) को धरानस्थित बिपी प्रतिष्ठान इकाई कमिटीको फागुण ११ गते सम्पन्न चौथो अधिवेशनले रत्न नेम्वाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कोशी प्रदेशसभा सदस्य विजयकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई लगायतका नेताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल (STUN )को पहलमा शिखर हिमालयन सेक्युरिटी सर्भिसमा कार्यरत भद्र बहादुर भण्डारीले राजिनामा दिए पछि पाउनु पर्ने सेवा सुबिधा प्राप्त गर्नु भएको छ ।
शिखर हिमालयन सेक्युरिटी मार्फत २०७८ साल देखि मण्टेश्वरी किन्डरवर्ल्ड, ताहचलमा सेक्युरिटी गार्डमा कार्यरत भण्डारीले २०८१ सालमा सेवा सम्झौताको नवीकरण नभए पछी राजिनामा दिनु भएको थियो ।
भण्डारीले राजिनामा पछी पाउनु पर्ने सेवा सुबिधा नपाए पछी २०८२ बैशाखमा सुरक्षा श्रमिक ट्रेड युनियन मार्फत नेपाल सरकार श्रम कार्यालयमा निवेदन गरे पछी २०८२ भाद्र ८ गते युनियनको रोहवरमा भण्डारीले पाउनु पर्ने सेवा सुबिधा दिने सहमति भइ भाद्र १३ गते सम्पुर्ण सेवा सुबिधा प्राप्त गरेको भण्डारीले जानकारी दिनु भएको छ ।
नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल (स्टन) द्वारा पुस १५ गते जिफन्ट सभाहलमा सम्पन्न नेपाल बिधुत प्राधिकरणमा आउटसोर्स मार्फत कार्यरत श्रमिकहरूको भेलाले ९ सदस्य संघर्ष समिती गठन गरेको छ ।

भेलालाइ सम्बोधन गर्नुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम क्षेत्रमा देखीएका समस्यालाइ समाधान गर्न श्रमिकको संगठीत शक्ति आवश्यक रहेको भन्नु हुंदै आउटसोर्समा काम गर्ने श्रमिकहरूलाइ पनि श्रम कानुन लागु हुने भएतापनी आउटसोर्स कम्पनीहरूले श्रम कानुनको अपब्याख्या गर्ने गरेको बताउनु भयो ।
जिफन्ट उपाध्यक्ष सीता लामा, उपमहासचिव नरनाथ लुइटेल, स्टन अध्यक्ष आशिष खत्री र सदस्य विश्व राज नेपाल लगायतका नेताहरूको उपस्थितीमा सम्पन्न भेलामा बिभिन्न आपुर्ती कम्पनी मार्फत बिधुत प्राधिकरणमा कार्यरत श्रमिकहरूले आफुले भोगिरहेको समस्याका बारेमा भनाइ राख्नु हुंदै समाधानकालागी जिफन्टले पहल गर्न अनुरोध समेत गरेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध सुरक्षा श्रमिक ट्रेड युनियन–नेपाल (स्टुन) द्वारा नेपाल विद्युत प्राधिकर अन्तरगत आउटसोर्स कम्पनी मार्फत कार्यरत श्रमिकहरूको हक अधिकारकालागी गठीत संघर्ष समितिको बैठक पुस २७ गते जिफन्ट सभाहलमा सम्पन्न भएको छ ।
जिफन्ट उपमहासचिव नरनाथ लुइटेल, स्टुन केन्द्रीय अध्यक्ष आशिष खत्री र विश्व राज नेपालको उपस्थितीमा सम्पन्न बैठकले नेपाल विद्युत प्राधिकरण अन्तर्गत आउटसोर्स कम्पनी मार्फत कार्यरत श्रमिकहरू बिच सदस्यता विस्तार गर्ने, समस्या संकलन गरी मागपत्र तयार गरी सम्बन्धित निकाय समक्ष पेश गर्ने बैठकले निर्णय गरेको छ ।