नेपालका निजी लगानीमा सञ्चालित स्वास्थ्य केन्द्र, नर्सिङ्ग होम र अस्पतालहरूमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूलाई सङ्गठित गरी उनीहरूको हक अधिकार दिलाउने उद्देश्यले स्थापित यो युनियन हालै मात्र गठन भएको हो । विगतमा यस्ता क्षेत्रमा कार्यरत श्रमिहरूलाई विषयगत हिसाबले केहीलाई नेपाल स्वतन्त्र केमिकल आइरन मजदुर युनियन र केहीलाई नेपाल स्वतन्त्र मजदुर युनियनले सङ्गठित गरेको थियो । हाल यस क्षेत्रको विकास र विस्तार पनि हुँदै गएको कारण अलग्गै राष्ट्रिय सङ्घको रूपमा विस्तार गर्ने निर्णय बमोजिम यसको केन्द्रीय तदर्थ समिति गठन भएको छ । 

संबद्ध गतिविधिहरू

चिया वगानमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

चिया कफि मजदुर युनियन नेपालले भदौ २४ गते हिमालय महालक्ष्मी चिया वगान दमकमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्‍यो ।

चिया बगानमा काम गरे कै कारण लाग्नसक्ने रोग र यसबाट बच्ने उपाय, काम गर्दा अपनाउनु पर्ने सावधानी र व्यक्तिगत सुरक्षा सामाग्रीको प्रयोगका बारेमा जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।
 

रण अम्बिका शाह अस्पतालको १३ औ अधिवेशन सम्पन्न

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान रण अम्बिका शाह अस्पतालको भाद्र २९ गते सम्पन्न १३ औ अधिवेशनले अरूण अधिकारीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनको उद्घघाटन गर्नु हुँदै जिफन्ट उपाध्यक्ष कमल गौतमले श्रमिकहरूको हक र हितकालागी जिफन्टले गर्दै आइरहेको कामको बारेमा चर्चा गर्नु हुँदै योगदानमा आधारीत सामाजिक सुरक्षा सबै श्रमिकहरूको अधिकार भएको हुनाले यस बाट कुनै श्रमिकहरलाइ बन्चीत गर्न नुहने बताउनु भयो ।

नेपाल स्वास्थ्य कार्मी तथा कर्मचारी युनियनको केन्द्रिय आर्थिक सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज रमेश घिमिरेको अध्यक्षतामा भएको अधिवेशन उद्धघाटन समारोहमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय कमिटी अध्यक्ष उमेश गिरीले यूनियनको नीति तथा कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो भने, जिफन्ट लम्बीनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेले अधिवेशन सफलताको शुभकामना दिनु हुँदै श्रमिक अधिकार प्राप्तीकालागी संगठीत हुनुको बिकल्प नभएको बताउनु भयो ।

युनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीको अध्यक्षतामा, जिफन्ट लम्बीनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेले संचालन गर्नु भएको बन्दशत्रले निर्वाचित कमिटीलाई अध्यक्ष उमेश गिरीले पद तथा गोपनियताको पथ ग्रहण गराउनु भएको थियो ।
 

हेल्पिङ्ग ह्याण्ड अस्पतालको युनियन अध्यक्षमा पुनः प्रमीला गौतम निर्वाचित

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालको माघ १९ गते सम्पन्न छैटो अधिवेशनले प्रमीला गौतमको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

युनियन केन्द्रिय अध्यक्ष उमेश गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा महासचिव उमेश बर्तौला, केन्द्रिय सदस्य अनुपा अर्यालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो भने अधिवेशनबाट निर्वाचित कमिटीलाई पद तथा गोपनीयताको शपथ ग्रहण केन्द्रिय अध्यक्ष उमेश गिरीले गराउनु भएको थियो ।
 

हिमालय आँखा अस्पतालको विस्तारित भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  आबद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पतालमा फागुण १३ गते विस्तारित भेला सम्पन्न भएको छ । 

युनियनका अध्यक्ष गोविन्द नाथ योगीको अध्यक्षतामा, संचालन सचिव अनिल कुमार सिंहले गर्नु भएको सो भेलामा केन्द्रीय सदस्य शशिकमला लामिछाने लगायतका अतिथिहरूको सहभागिता रहेको थियो ।

भेलाले सदस्यता नवीकरण, सामूहिक सौदाबाजी, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, वेतन वृद्धि लगायतका विषयमा छलफल भएको पोखराबाट अनिल कुमार सिंहले जानकारी दिनु भएको हो । 
 

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले १७ औं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले जेठ ३० गते एक कार्यक्रमको आयोजना गरी १७ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको उपलक्षयमा दिप प्रज्वलन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले बर्तमान अवस्थामा नेपालको ट्रेड युनियन आन्दोलनको अवस्थाको बारेमा प्रकाश पार्नु हुंदै आन्दोलनमा देखीएका चुनौतीहरूलाइ सामना गर्न जिफन्ट र आवद्ध युनियनले खेल्नु पर्ने भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट नेभा अध्यक्ष गिता थिंङले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

युनियनका कार्यबाहाक अध्यक्ष राजेन्द्र सिङ्ग ठकुरीको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा महासचिब उमेश बर्तौलाले संचालन र सचिब रबिन्द्र खड्रकाले स्वागत मन्तब्य राख्नु भएको थियो । 

त्यसैगरी  यूनियनको १७औ स्थापना दिवसको सन्दर्भमा जेष्ठ ३१ गते,  हिमालय आँखा अस्पताल प्रतिष्ठान, पोखराले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

शुभकामना कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङ्, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री, संगठन केन्द्रिय सदस्य शशिकमला लामिछाने, अस्पताल ब्यवस्तापक कुमार गर्बुजाले स्थापना दिवसको सन्दर्भमा  शुभकामना मन्तब्य राख्नु भएको थियो । 

अस्पताल प्रतिष्ठान अध्यक्ष गोबिन्द नाथ योगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अनिल कुमार सिंहले र स्वागत उपाध्यक्ष सकुन्तला श्रेष्ठले गर्नु भएको थियो ।