नेपालभर सञ्चालित बैङ्क, बित्तीय तथा सहकारी क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरूमा कार्यरत कामदार/कर्मचारीहरूलाई एकतावद्ध बनाई एउटै संगठनमा संगठित गरी रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर बनाउने तथा आपसी विश्वासलाई सुदृढ गरी श्रमिक वर्गलाई समाजको सम्मानित नागरिकको रूपमा स्थापित गर्न, कामदार/कर्मचारीहरूको हक, हित र अधिकारको रक्षा गर्न, उत्पादन र उत्पादकत्व अभिबृद्धीको लागि क्रियासिल रहन, श्रमिक वर्गलाई प्रशिक्षित गर्ने उद्देश्य सहित २०७२ साल चैत २० गते ( सन २०१६ अप्रिल  २)मा स्थापना भएको हो ।

यो यूनियन, सम्पूर्ण सदस्यहरूको संयुक्त ट्रेड यूनियन संघ हुनेछ । यसले राष्ट्रियता, जनजीविकाको निमित्त संघर्ष गर्ने अन्य जनसंगठन र व्यक्तित्वसँग तथा सामाजिक संस्था एवम् आन्दोलनसँग मित्रतापूर्ण र सहयोगी सम्बन्ध कायम गर्नेछ । 

संबद्ध गतिविधिहरू

नेरुडे मिरमिरे लघुबित्तियका श्रमिक जिफन्टमा अवद्ध

देशैभरि सेवा प्रवाह गरिरहेको नेरुडे मिरमिरे लघुबित्तिय संस्था लिमिटेडमा कार्यरत श्रमिकहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध बैंक, वित्तिय तथा सहकारी कर्मचारी यूनियन (बाफ्स्यु) मा आबद्द भएको छ ।

जिफन्ट कोशी प्रदेश कार्यलाय बिराटनगरमा पुस १६ गते अयोजित एक कार्यक्रममा नेरुडे मिरमिरे लघुबित्तिय संस्था संङठनका महासचिव मुकेश यादबले देसैभरिका ४४४ जना मध्ये ३४० जनाको सदस्य सहित आबद्दता भएको धोषणा गर्नु हुदै दोस्रो चरणको कार्यक्रममा सबैलाइ अवद्ध हुने बताउनु भयो ।

कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जिफन्ट र बैंक, वित्तिय तथा सहकारी कर्मचारी यूनियन (बाफ्स्यु) को सदस्यता प्रदान गर्नु भएको थियो ।
 

बैंक वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले दशौं स्थापना दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध बैंक वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले युनियन स्थापना भएको नवौं वर्ष पुरा गरी दशैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चैत्र २० गते अनामनगर जिफन्ट स्कुलमा  एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनायो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले बाफ्स्युको दशौं स्थापना दिवसको शुभकामना दिनु हुँदै बैंक वित्तीय तथा सहकारी क्षेत्रहरूमा कार्यरत श्रमिक कर्मचारीहरुलाई सम्मानित र सृजनशील नागरिकको पहिचान सहित वित्तीय क्षेत्रमा क्रियाशील श्रम शक्तिलाई आफ्नो हक अधिकारबारे प्रशिक्षित र संगठित रुपमा परिचालित गर्ने उद्देश्य सहित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २०७२ साल चैत्र २० गते यो युनियन स्थापना गरेको बताउनु भयो ।

अध्यक्ष  श्रेष्ठले युनियनको स्थापना दिवस मनाइरहँदा आगामी दिनहरुमा अझै सशक्त र प्रभावकारी रुपमा आफ्नो सांगठनिक अभियानमा जुट्नुपर्नेमा जोड दिदैं विद्यमान अवस्थामा सामुहिक सौदाबाजीबाट प्राप्त उपलव्धीहरुलाई खोस्ने मात्र हैन वैंक वित्तीय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने अदालतको फैसलाले संविधान प्रदत्त उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिकको हक, योगदानमा आधारित सामाजिक सुरक्षाको हक, समानताको हक, ट्रेड युनियन गठन गर्ने र सामुहिक सौदाबाजी गर्न पाउने हकको उलंघन गर्ने कामको थालनी भएको र जस्को कारण श्रम संसारमा प्राप्त हक आधारित विषयको कार्यान्वयन गर्ने कुरामा समस्या सृजना भएको छ भने यस क्षेत्रमा ठुलो संख्यामा श्रमिकहरु आउटसोर्स र इन्टनको रुपमा काममा लगाइ श्रम शोषण गर्न प्रश्रय मिलेको बताउनु भयो ।

खोसिएका अधिकार र यस क्षेत्रमा भएका ठुला पद र साना पदमा भएको तलबको असमानता आउटसोर्स, तालिमेलाई तलब र वित्तीय संस्था मर्जरपछिको कर्मचारी समायोजन लगायतका यस क्षेत्रमा रहेका चुनौतीहरूलाइ सामना गर्न स्थापना दिवसले थप प्रेरणा मिल्ने विश्वास सहित खोसिएका अधिकार फिर्ता गर्न र यस क्षेत्रका लाखौं श्रमिक तथा कर्मचारीहरुको मर्यादित कामको आन्दोलनमा जिफन्ट सधैँ अग्रभागमा रहेर साथ सहयोग रहने प्रतिबद्धता जनाउँदै व्यक्त गर्नु भयो ।
 

बाफ्स्यु नुवाकोट जिल्ला भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध बैक, वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले जेठ १६ गते नुवाकोट जिल्ला भेला सम्पन्न गरेको छ । 

भेलाले रमेश कुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्य जिल्ला कमिटी गठन गरेको छ । 

भेलालाइ सम्बोधन गर्नु हुंदै बाफ्स्यु महासचिव भैरव श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा सुचिकरण गर्ने प्रकृया कोषबाट श्रमिक तथा कर्मचारीहरूले पाउने सबिधा र श्रमिक आधिकारको वारेमा प्रकाश पार्नु भएको थियो ।