चितवन र पोखरामा तरकारी तथा फलफूल ढुवानी ईकाईको अधिवेशन सम्पन्न

नेपाल_यातायात_स्वतन्त्र_मजदुर_सङ्गठन चितवन जिल्लाको तरकारी तथा फलफूल ढुवानी ईकाई कमिटीको फागुण २२ गते सम्पन्न प्रथम अधिवेशनले आईत सिंह घलानको अध्यक्षता मा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

सङ्गठनका महासचिव केशव थापा  निरूले अधिवेशन शुभारम्भ गर्नु हुँदै सङ्गठनको योजना , जिफन्ट को कायाकल्प अभियानको सन्दर्भका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यसै गरी पोखरा तरकारी फलफूल ढुवानी इकार्ई कमिटीको फागुण २३ गते सम्पन्न १४औ अधिवेशनले पित्म बहादुर पौडेलको अध्यक्षतामा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।