अरनिको रुट ट्रक इकाई कमिटीको अध्यक्षमा दावा शेर्पा निर्वाचित

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको रुट ट्रक इकाई कमिटीको ३१ औ स्थापना दिवस तथा इकाईको १७ औ अधिवेशन भाद्र १४ गते  दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

अधिवेशनले दावा शेर्पाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति निर्वाचित गरेको छ।

संगठन केन्द्रीय अध्यक्ष कमरेड भिम ज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशनमा उपचार सहयोग बापट ७ जना सदस्यलाई २ लाख ५१ हजार, एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने यातायात श्रमिकका १० जनालाई छोराछोरीलाई ४६ हजार नगद सहित सम्मान, उत्कृष्ट चालक १२ जनालाई ३०हजार नगद सहित सम्मान, संगठनका सदस्यहरूका २ परिवारलार्इ उपचार सहयोग बापत २० हजार,  १ जना जेष्ठ चालकलाई १५ हजार नगद सहित सम्मान र संगठनका कुशल सदस्य २ जनालाई ५हजार  नगद सहित सम्मान गरेको छ । 

रक्तदान कार्यक्रममा सहभागी ७ जना सदस्यलाई सम्मान पत्र समेत प्रदान गरिएको सो कार्यक्रममा संगठनका प्रतिनिधि परीषद प्रमुख ठाकुर कुमार श्रेष्ठ, नेपाल ट्रेड युनियन माहासंघ जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, संगठन केन्द्रीय उपाध्यक्ष नबराज घिमिरे, बिष्णु लामा, महासचिव केशब थापा निरू लगायतका अतिथिहरूको उपस्थीती रहेको थियो ।