गृह सचिव एकनारायण अर्याललाई ध्यानाकर्षण पत्र बुझायो

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष बिष्णु बहादुर खत्रीको नेतृत्वमा केन्द्रीय प्रतीनिधी परिषद उपप्रमुख कर्ण सि गुरुङ, उपमहासचिब बिष्णु बहादुर पराजुली लगायतका श्रमिक नेताहरू सम्मिलित प्रतिनिधि मण्डलले  गृह सचिव एकनारायण अर्याललाई कास्की पोखराका यातायात मजदुरहरूको समस्या समाधानका निम्ति ध्यानाकर्षण गराएको छ । 

भदौ ४ गतेको भेटमा संगठनका प्रतिनिधि मण्डलले अर्याललाई २६ बुँदै ध्यानाकर्षण पत्र समेत बुझाएको छ । 

त्यसै गरी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुर मिनिबस इकाइ कमिटीको भदौ ३ गते सम्पन्न १५औ पुर्ण बैठकले सङ्गठनलाई गतीशील बनाउने उद्धेश्यले विभिन्न योजनाहरू पारित गरेको छ । 

युवक बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रमुख अतिथि एवम् सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज नबराज घिमिरे, बागमती प्रदेश सदस्य कमरेड धन बहादुर खत्री लगायतका नेताहरूको उपस्थित हुनुहुन्थ्यो ।