ह्वीन कोशी प्रदेश अध्यक्षमा नविन कुमार खां चौधरी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) कोशी प्रदेश कमिटीको असार १२ गते विराटगरमा सम्पन्न दोस्रो अधिवेशनले नविन कुमार खां चौधरीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ।

जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले अधिवेशन उद्धघाटन गर्नु हुंदै बदलिएको राजनीतिमा युनियनले खेल्नु पर्ने भूमिका, सामाजिक सुरक्षामा श्रमिकहरूको आबद्धता बारे प्रकाश पार्नु हुंदै ट्रेड युनियनको बारेमा भएका गलत प्रचारको पछाडि नलागी इमानदारी पुर्वक  श्रम क्षेत्रमा रहेका श्रमिकहरूलाइ संगठीत गर्ने अभियानमा लाग्न आव्हान गर्नु  भयो ।

अधिवेशनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, उपमहासचिव अर्जुन चौलागाई, सदस्यहरू सञ्जय राजवंशी, विजय मण्डल र जगकाटेमयु सल्लाहकार धर्म नन्द संजेल,  लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । 
नविन कुमार खां चौधरीको अध्यक्षतामा पवन कुमार राजवंशीले स्वागत गर्नु भएको अधिवेशन उद्धघाटन समारोहमा मुरारी भट्टराई, जिफन्ट युवा अध्यक्ष भली सुब्बा लगायतका अतिथीहरको उपस्थीती रहेको थियो।