नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४७ औँ स्थापना दिवस मनायो

नेपाल ट्रेड युनिनयन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले असार ९ गते संगठनको ४७ औँ  स्थापना दिवस देशभर बिविध कार्यक्रम आयोजना गरी मनाएको छ । 

संगठन गण्डकी प्रदेशले २०८२ सालको SEE परिक्षा सहभागी भइ उतिर्ण संगठनका सदस्यका छोरा छोरीलाई सम्मान, संगठनमा निरन्तर क्रियाशिल ६0 बर्ष उमेर पुगेका चालकलाइ सम्मान र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

प्रदेश अध्यक्ष बेनीराज थिङको अध्यक्षता सम्पन्न कार्यक्रममा जिफन्ट पुर्ब उपाध्यक्ष तथा संगठनका पुर्ब केन्द्रिय अध्यक्ष चुडामणी जंगली लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।

त्यसैगरी कोशी प्रदेशको धरानमा रक्तदान, अपांग बालबालिकाको लागि खाधन्न बितरण र दिप प्रज्वलन कार्यक्रम र बिराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

स्थापना दिवस कै सन्दर्भमा सुदुर पस्चीम प्रदेशको धनगढी बसपार्कमा  शुभकामना आदान प्रदान कार्यक्रम सहित ट्राफिक सुरक्षा, सडक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष प्रशिक्षण, रक्तदान र बसपार्क सरसफाइ समपन्न गरेको छ भने कन्चनपुर जिल्लाको महेन्द्रनगर बसपार्कमा रक्तदान, शुभकामना आदान प्रदान कार्यक्रम, निःशुल्क आँखा परीक्षण र दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

त्यसैगरी काठमाणडैमा शुभकामना आदान प्रदान, रक्तदान, सफा ट्याम्पु पार्क सरसफाइ, हाजिरी जवाफ र बिभिन्न्न बस तथा ट्याम्पु पार्क हरूमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।