सरकारले तोकेकोभन्दा बढी भाडा नलिन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अनरोध

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्द नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सरकारले तोकेकोभन्दा बढी भाडा नलिन र सके जति यात्रुहरूको सेवालाई सहज बनाउन सम्पूर्ण यातायात श्रमिकहरूलाई अनुरोध गरेको छ ।

चाडको बेला यात्रुहरूसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरू विगतमा आउने गरेकाले यस्ता गुनासोहरू आउन नदिन सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले यातायात मजदुरहरूलाई अपिल गरेका हुन् ।

यात्रुहरूसग बढी भाडा लिएको उजुरी परे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कानुनी कारबाही समेत हुनसक्ने भएकाले यसबारे सबै श्रमिकहरु सजग हुन सङ्गठनले आह्वान गरेको छ ।