नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा दशै उपहार चिठ्ठा

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले हरेक वर्ष संचालन गैदै आइरहेको उपहार कार्यक्रम असोज ६ गते घटस्थापनाका दिन संगठन प्रदेश कार्यालयमा खोलेको छ ।

उपहार कार्यक्रम अन्तर्गत प्रथम उपहार १ जनालाई ल्यापटप, बम्पर उपहार ३ जनालाई खसी, दोस्रो उपहार १ जनालाई मोबाइल, तेस्रो उपहार १ जनालाई राइसकुकर, चौथो उपहार १ जनालाई प्रेसर कुकर, पाचौँ उपहार १० जनालाई आइरन, सान्त्वना उपहार १ सय ५० जनालाई भित्तेघडी उपहार वितरण गरिएको संगठनले जानकारी दिनु भएको छ । 

प्रदेश कमिटी अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको उपहार वितरण कार्यक्रममा केन्द्रीय अध्यष भीमज्वाला राई, जिफन्ट बागमती अध्यक्ष रामहरी नेपाल, जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठन उपाध्यक्ष नवराज धिमिरे, केन्द्रीय सदस्य कमल सापकोटा, धनमाया सुनुवारको सहभागीता थियो ।