जिफन्ट आबद्द राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) काठमाण्डौ महानगर कमिटिद्वारा साउन ३० गते दक्षता अभिबृद्धी तालिम सम्पन्न गरेको छ ।

तालिमको शुभारम्भ गर्नु हुंदै जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले तालिमले सहभागीहरूको सीपमा बिकास, ब्यवहारमा परीवर्तन, ज्ञानमा बिकास र दक्षतामा बृद्धी भयो भने तालिम सफल हुने बताउनु भएको छ ।
नाबुन महानगर कमिटी अध्यक्ष दिविसा कोइरालाको अध्यक्षतामा, अर्थिक सचिब मिना लामाले संचालन गर्नु भएको तालिमको शुभारम्भमा नाबुन सचिब सुजना जोशीले तालिमको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

काठमाण्डो महानगरका बिभिन्न पार्लरमा कार्र्यरत सौन्दर्यकर्मीहरूलाइ दिविसा कोइराला र मिना लामाले आईलाईसेस एक्सटेन्सन, वाटरप्रुफ ब्राईडल मेकअप र ब्लोडाई सेडिङ बिषयमा तालिम दिनु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122164777550435116&type=3