नेपाल यातायात स्वतन्त्र मजदुर संगठनवद्वारा सडक सम्बाद कार्यक्रम सम्पन्न

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले चैत्र २६ र २७ गते सुनसरी जिल्लाको धरान, भानुचोक बसपार्कमा सडक संवाद कार्यक्रम सम्पन्न गरेको छ । 

बिहान र साँझको समयमा आयोजित यो संवाद कार्यक्रममा मजदुरहरूको गुनासोप्रति सम्बोधन गर्दै संगठनका अध्यक्ष भीमज्वाला राईले सार्वजनिक यातायात क्षेत्रको दीर्घकालीन संकटको मुख्य कारण स्थायी संरचनाको अभाव रहेको बताउनुभयो। 

अध्यक्ष राईले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन, लगानीकर्ताको लगानीको संरक्षण, मजदुरहरूको पेशागत जीवनको समृद्धि र यात्रुहरूको सेवाको सुनिश्चितता नभएसम्म सुधार सम्भव नरहने धारणा व्यक्त गर्नु हुँदै वर्तमान संरचना परिवर्तन र कानुन संशोधनका लागि देशभरका मजदुरहरुलाई संगठित हुन आह्वान गर्नु भयो ।

सडक संवाद कार्यक्रममा ८१ जना यातायात मजदुरहरुलाई संगठनको सदस्यता समेत प्रदान गरिएको छ ।