ट्याङकर चालक भोज बहादुर मल्लको उपचार सहयोगकोलागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनगढी ट्याङकर इकाई कमिटीले चैत्र २६ गते नगद १ लाख ४७ हजार ८ सय रूपया संगठन सुदुरपस्चीम प्रदेश अध्यक्ष ललित चन्दद्वारा हस्तान्तरण गरेको छ ।
मल्ल गत चैत्र ११ गते कैलाली जिल्लाको गोदावरी नगरपालीका तेघरीमा मोटरसाईकल दुर्घटनामा पर्नु भएका थियो ।
त्यसैगरी संगठन ट्याङकर इकाई कमिटीले आन्तरिक कोषबाट १७० जना आफ्ना सदस्यलाइ रु १ लाख बरावरको दुर्घटना बिमा गरी सकेको छ भने धनगढी बसपार्कमा कार्यरत करिब २५० जना श्रमिकहरूको दुर्घटना बिमा गर्ने कार्य प्रारम्भ भई सकेको संगठन सुदुरपस्चीम प्रदेश अध्यक्ष ललित चन्दले श्रमिक खबरलाई जानकारी दिनु भएको छ ।