नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्धारा श्रमिकलाई सडक सचेतना तथा प्रशिक्षण

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बुढानिलकण्ठ माईक्रोबस इकाई कमिटी,तारेभिर यातायात प्रा.लि. र बुढानिलकण्ठ यातायात प्रा.लि.को सयुक्त आयोजनामा चैत्र २३ गते चालक तथा सहचालकहरुलाई सडक सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले यातायात मजदुरहरुको हक हित र अधिकारकालागि यातायात श्रमिक एकजुट हुनु पर्नेमा जोड दिनु हुँदै २० बर्षे सवारी साधन र यातायात सम्बन्धी ऐनकाबारेमा प्रकाश पार्नु भएको थियो । 

ट्राफिक नियमको बारेमा ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख बिक्रम बिकले प्रशिक्षण दिनु भएको सो कार्यक्रममा संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतका अतिथिहरूले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा डाईमण्ड स्कुल र संगठन बुढानिलकण्ठ माईक्रोबस इकाई कमिटी बिच संगठनका सदस्य स्वर्गिय अर्जुन बरालको छोरा सर्चन बराललाई माध्यमिक तह सम्म निःशुल्क अध्ययन र श्रीमती संगिता बराललाई समवेदना पत्र सहित नगद २५०००/- सहयोग हस्तान्तरण गरेको थियो ।