व्हिन सिजि फुड्सको नवौँ अधिवेशन सम्पन्न

समग्र उद्योग ट्रेड युनियन व्हिन सिजि फुड्सको नवौँ अधिवेशनले दामोदर पाण्डेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति निर्वाचित गरेको छ ।

व्हिन अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा भाद्र २९ गते गण्डकी प्रदेशको नवलपुरमा सम्पन्न सो अधिवेशनमा व्हिन उप महासचिव अर्जुन चौलागाईं, सचिव गीता भण्डारी सदस्य निराजन सिङ ठकुरी, नेकपा एमाले नगर कमिटी अध्यक्ष लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो !

नव निर्वाचित कमिटीलाई व्हिन उपमहासचिव अर्जुन चौलागाईंले सपथ ग्रहण गराउनु भएको अधिवेशनको अध्यक्षता व्हिन सिजि फुड्सका अध्यक्ष दामोदर पाण्डेले गर्नु भएको थियो भने कार्यक्रम संचालन  कुलचन्द्र सापकोटाले गर्नु भएको थियो ।