नेपाल स्वतन्त्र सफाई मजदुर युनियनको स्थापना २०४७ असार १ गते भएको हो । २०३६ सालमा नेपाल स्वतन्त्र मजदुर युनियनमा सङ्गठित सफार्ई मजदुरहरूको सफार्ई मजदुर प्रारम्भिक कमिटीले काठमाडौं नगर पञ्चायतमा आफ्ना समस्यालाई लिएर १५ सूत्रीय माग पेश गरी हडताल गरयो । यो आन्दोलन नै सफार्ई मजदुरहरूको सबैभन्दा पहिलो सङ्गठित आन्दोलन थियो । प्रशासनको दमनको बाबजुद पनि त्यस आन्दोलनले धेरै मागहरू पूरा गराउन सफल भएको थियो । यस आन्दोलनबाट काठमाडौं नगरपञ्चायतमा ज्यालादारी मात्र हुन सक्ने कुचीकारहरूले स्थायी नियुक्ति पाएका थिए । कुचीकारहरू आपैmले व्यवस्था गर्दै आएको च्वाफि र खर्पन नगरपञ्चायतले व्यवस्था गर्ने तथा पोशाक र औषधिको व्यवस्थाका साथै नाइकेले थप भत्ता पाउने व्यवस्था भयो । यो सफाइ मजदुरहरूको ठूलो सफलता थियो ।
नेस्वमयुमा सङ्गठित हुन थालेको १० बर्षपछि २०४७ असार १ गते नेपाल स्वतन्त्र सफाइ मजदुर युनियन छुट्टै राष्ट्रिय ट्रेड युनियन संघको रूपमा स्थापना भयो ।
काठमाडौं उपत्यकाका सफाइ मजदुरहरुलाई समेटेर बनेको यो युनियन सुरुमा लामो समयसम्म उपत्यकामा नै सीमित रह्यो । २०४७ सालको जनआन्दोलन पछि देशका विभिन्न भागमा यसको कार्यक्षेत्र पनि बिस्तार हुन थाल्यो । यो युनियन हाल पूर्वको झापादेखि पश्चिमको बुटवलसम्म फैलिएको छ । यस युनियनको २०७० सालमा भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट सफाइ क्षेत्रमा कार्यरत सबै श्रमिकहरुलाई समेट्ने उद्देश्यले यस युनियनको नाम नेपाल सफाइ कर्मचारी युनियन राखियो । देशभर फैलिएका सबै नगरपालिका र अन्य बस्ती, कार्यालय, अस्पताल आदि ठाउँमा सफार्ई काम गर्ने र फोहर सङ्कलन गर्ने श्रमिकहरू नै यस युनियनको कार्य क्षेत्रभित्र पर्छन् ।
स्थापनाको समयदेखि नै राष्ट्रिय स्तरमा जिफन्टसँग आबद्ध रहँदै आएको यो युनियन २०६० साल भदौबाट अन्तर्राष्ट्रिय ट्रेड युनियन संघ आइसिइएममा आबद्ध भएको थियो । आइसीइएमको विघटन भई इण्डस्ट्रीअल बनेपछि यो युनियन इण्डस्ट्रीअलसँग आबद्ध छ ।