राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल ब्युटीपार्लर तथा सौन्दर्य क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन हो । देशका शहरी क्षेत्रमा यस्तो व्यवसाय निकै फष्टाउँदै गएको कारणले यस क्षेत्रमा श्रमिकको सङ्ख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ । यसमा पनि अरु युनियन जस्तै स्वरोजगार र ज्यालाजीवी दुवै प्रकृतिका श्रमिकहरू रहेका छन् । यो असङ्गठित क्षेत्रको युनियनको रूपमा रहको छ । यसको विधिवत स्थापना पछि श्रम विभागमा २०६५ असार ३१ गते २३२ नं. मा दर्ता भएको हो । यस युनियनमा हालसम्म महिला सदस्यहरू मात्र रहेका छन् ।

संबद्ध गतिविधिहरू