How social security fund is being set up, operate and manage? (NP)

How social security fund is being set up, operate and manage? (Nepali Version)

कोषको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न तयार पारिएको यो विधेयकलाई ट्रेड युनियन, रोजगारदाता र सरकारी प्रतिनिधिहरुले अन्तिम रूप दिए तापनि केही विवाद भने था“ती छन् । हाल यो विधेयकको मस्यौदा नेपाल सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पुगेको छ । केन्द्रीय श्रम सल्लाहकार समितिको बैठक हुँदै क्याबिनेटमा प्रवेश पाएपछि मात्रै ऐन बन्नका लागि यो मस्यौदा व्यवस्थापिका–संसदमा विधेयकको रूपमा पेश हुनेछ । मस्यौदामा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई समेट्ने प्रस्ताव गरिएको छ । यो ऐन लागू भएपछि श्रमिकहरुलाई आर्थिक योगदानका आधारमा सामाजिक सुरक्षा प्रदान गरिने छ । व्यवस्थापिका–संसदले पारित गरेपछि प्रस्तावित विधेयकको नाम, “सामाजिक सुरक्षाकोष ऐन” हुनेछ ।

Publication File (PDF Version): Download

Follow us on