Social Security for All (NP)

Social Security for All (Nepali Version)

द्विपक्षीय बहसको सुरु भएको झण्डै १० वर्षपछि नेपाली श्रमको संसारमा सामाजिक सुरक्षा प्रणाली लागू हुने प्रवल सम्भावना बढेको छ । तर यसका सन्दर्भमा रहेका द्विविधा र भ्रमहरु आवश्यक मात्रामा स्पष्ट हुन अझै बाँकी देखिन्छ । श्रम क्षेत्रका तीन पक्षहरु– श्रमिक, उद्यमी/इलमी र राज्यको बुझाइमा पनि अझै एकरूपता आएको छैन ।

उद्यमी/इलमीहरुको ठूलो हिस्साले ‘सामाजिक सुरक्षा’लाई श्रमिक कटौती गर्ने अस्त्रमात्र ठानेको छ । राज्यको दृष्टिमा सामाजिक सुरक्षा भनेको उठाइएको करबाट ‘दया–मायामा वितरण गर्ने आर्थिक सहायता’ जस्तो ठानिएको देखिन्छ । श्रमिकहरुमा पनि काम छोड्दा वा कामबाट हटाइँदा पाइने ‘आफ्नो नाममा जम्मा भएको एकमुष्ट र कम’ हो कि भन्ने बुझाइ र हे को पाइन्छ ।

नेपाल सरकारले श्रमिकका पारिश्रमिकमाथि १ प्रतिशत सामाजिक सुरक्षा कर लगाइसके पछि श्रम तथा यातायात व्यवस्था मन्त्रालयको संयो जनमा सामाजिक सुरक्षाको षलाई सञ्चालन तथा व्यवस्थापनको काम सुरु भएको छ । यस्तो अवस्थामा स्वयं ‘स्टेक होल्डर’हरुमा भ्रम र द्विविधा जारी रह्यो भने नयाँ प्रणालीले कसरी सार्थक निष्कर्ष पाउला भन्ने समस्यालाई स्पष्ट पार्न जरुरी छ ।

Publication File (PDF Version): Download

Follow us on