From Conflict to Transformation (NP)

From Conflict to Transformation (NP)
Debate on Social Transformation, Restructuring and Trade Union

ऐतिहासिक जनआन्दोलन सफल भएको झण्डै १ वर्ष बितिसकेको थियो । ०६४ सालको वैशाख २–४ गते सम्म हामी जिफन्टका नेतृत्वमा रहेकाहरू मिरावेल रिसोर्ट, धुलिखेलमा जम्मा भयौं । यो पल्टको उद्देश्य थियो, ‘नेपाल’लाई फेरि एकचोटि बुझ्ने प्रयत्न गर्ने, भर्खरै प्राप्त भएको उपलब्धीलाई संस्थागत गरी समृद्ध र समुन्नत नेपालको निर्माण कसरी गर्ने भन्नेमा बौद्धिक बहस सञ्चालन गर्ने हामीसँग परिवर्तनले जगाएको उर्लदो आकाङ्क्षा थियो – १० वर्षमा कहाँ पुग्ने, २० वर्षमा कहाँ पुग्ने भन्ने आकासिंदो सपना थियो । जिफन्ट राष्ट्रिय कमिटीका नेताहरूका अतिरिक्त नेकपा (एमाले) का नयाँ र पुराना पुस्ताका अनुभवी नेताहरू हामीसँगै हुनुहुन्थ्यो र हुनुहुन्थ्यो नाम चलेका केही विद्धत वर्ग। हामीले स्वीडेनका एक प्रोफेसर र समाजवादी आन्दोलनमा समर्पित मलेसियाका ट्रेड युनियन नेतालाई विशेष आमन्त्रण गरेका थियौँ ।

Publication File (PDF Version): Download

From Conflict to Transformation (NP)

Follow us on