रूपान्तरणका लागि एकता
नेपाली ट्रेड यूनियन आन्दोलनको कार्यदिशा
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित नीतिगत दस्तावेज
चैत २२-२५, २०६५ काठमाडौं
अहिले अधिकतम अधिकार हुनेको साधन र स्रोतमाथि पूर्ण नियन्त्रण छ, अर्कोतिर अधिकार विहिनहरूको साधन र स्रोतमा नियन्त्रण शून्य छ । यस्तो सामाजिकआर्थिक पिरामीड परिवर्तन नगरेसम्म अर्थतन्त्रको रूपान्तरण हुँदैन । ठालूहरूको भने सम्पत्ति चुलिदै जाने, गरीब श्रमजीवी भने दिनदिनै खिइदै जाने असमान शोषणमूलक राज्यको सट्टा सम्पूर्ण नारिकहरूको आधारभूत अधिकार समान रूपले रक्षा गरिने सामाजिक न्यायमा आधारित कल्याणकारी राज्यको स्थापना गर्नु भने कै अहिलेको अर्थतन्त्रको रूपान्तण हो ।