Gefont MailGefont Database
Number of online users in last 3 minutes Number of online users in last 3 minutes

General Federation of Nepalese Trade Unions


महाधिवेशन प्रतिनिधि परिषद

महाधिवेशन प्रतिनिधि परिषदः नेपाल टे्रड यूनियन महासंघको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशन नै हो ।  यो ४/४ वर्षा आयोजना गरिन्छ । राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूमध्येबाट एक तिहाई अर्थात प्रत्येक तीन प्रतिनिधिमा एक जना यस परिषदको पूर्ण सदस्यको रूपमा निर्वाचित गरिनेछ । उक्त पूर्ण सदस्य यस परिषदको बैठक आयोजना हुँदा अनुपस्थित भए सहभागी हुनका लागि एक जना पहिलो वैकल्पिक र पहिलो वैकल्पिक पनि अनुपस्थित भए सहभागी हुनका लागि दोस्रो वैकल्पिक हुने गरी थप एक जना निर्वाचित गरिनेछ । महाधिवेशन सकिएको एक महिनाभित्रै यूनियनहरू र अञ्चलबाट समानुपातिक हिसाबले परिषदमा सदस्य निर्वाचित गरिनेछ । राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरू र केन्द्रका वरिष्ठ यूनियनकर्मी सञ्जालका सदस्यहरू स्वतः परिषदका पूर्ण सदस्य मानिनेछन् । साथै केन्द्रीय योजना आयोगका सदस्यहरू पनि पूर्ण सदस्य मानिनेछन् । अर्को महाधिवेशनका लागि प्रतिनिधिको निर्वाचन नभएसम्म यो परिषदको कार्यकाल रहनेछ । यसको बैठक वर्षो एक पटक बस्नेछ । राष्ट्रिय कमिटीबाट कार्यकाल समाप्त गरी महाधिवेशनबाट निवर्तमान भएका अध्यक्ष र उपाध्यक्ष यस परिषदका प्रमुख र उपप्रमुख हुनेछन् । निवर्तमान अध्यक्ष र उपाध्यक्ष नभएमा राष्ट्रिय कमिटीका अध्यक्षले नै परिषदको अध्यक्षता पनि गर्नुपर्नेछ ।

 

राष्ट्रिय कमिटी महासंघको हिसाबले कार्यपालिका जस्तो हो भने महाधिवेशन प्रतिनिधि परिषद संसद जस्तो हो । यस परिषदले महाधिवेशनबाट पारित नीति र कार्यक्रम कार्यान्वयन भए नभएको मूल्याङ्कन गर्नेछ । राष्ट्रिय कमिटीबाट नीति, सिद्धान्त, कार्यक्रम वा विधान विपरित काम भएमा आवश्यक नियन्त्रण र कमिटीका सदस्य वा पदाधिकारीलाई बर्खास्त गर्ने वा पद परिवर्तन गर्ने वा राष्ट्रिय कमिटी नै भङ्ग गरी नयाँ राष्ट्रिय कमिटीको निर्वाचनसमेत गर्ने अधिकार यस परिषदलाई हुनेछ ।


प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ