26/06/2010

जुन २५, २०१०- नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट अन्तरराष्ट्रिय ट्रेड युनियन महासंघ आइटियूसी महासभाको प्रथम वैकल्पिक सदस्यमा निर्वाचित भएको छ । असार ७-११ गते सम्म क्यानडाको भेन्कुभरमा आयोजित विश्व महाधिवेशनमा जिफन्टको तर्फबाट अध्यक्ष विष्णु रिमाल र जिफन्ट- केन्द्रीय योजना आयोगका सदस्य विन्दा पाण्डे सहभागी हुनुहुन्थ्यो ।
महसभामा जिफन्टको प्रतिनिधित्व केन्द्रीय योजना आयोगका सदस्य विन्दा पाण्डेले गर्नु हुनेछ ।
सन् २००६ को नोभेम्वरमा अष्ट्रियाको राजधानी भियनामा आयोजित स्थापना महाधिवेशनमा जिफन्ट महासभाको दास्रो वैकल्पिक सदस्य निर्वाचित भएको थियो । उक्त समयमा तत्कालीन उपाध्यक्ष विष्णु रिमालले जिफन्टको प्रतिनिधित्व गर्नुभएको थियो ।
आईटीयुसी १५६ देशका ३१२ वटा राष्ट्रिय ट्रेड युनियन महासंघहरुमा आबद्ध १७ करोड ६० लाख श्रमिकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ हो । जिफन्ट यसको संस्थापक सदस्य हो । यसको पहिलो महाधिवेशन सन् २००६ मा भएको थियो ।