Gefont MailGefont Database
Number of online users in last 3 minutes Number of online users in last 3 minutes

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

नेपाल अटोमेकानिक्स ट्रेड यूनियनको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

18/04/2010

 

२०६७ वैशाख ५ गते जिफन्ट आबद्ध नेपाल अटो–मेकानिक्स ट्रेड यूनियनको चौथो राष्ट्रिय अधिवेशन काठमाडौंमा सम्पन्न भयो ।

 

काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा दुई दिनसम्म भएको उक्त अधिवेशनको पहिलो दिन नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष तथा सभासद विष्णु रिमालले एक भव्य समारोहका बीच पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

 

‘मर्यादित काम, सामाजिक सुरक्षा, अटोमेकानिक्स क्षेत्रमा नाटुको क्रियाशीलता’ नाराका साथ सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथि जिफन्टका अध्यक्ष विष्णु रिमालले उद्घटन मन्तव्य दिंदै भन्नुभयो, “औपचारिक क्षेत्रका श्रमिक मात्र होइन, श्रमिक जहाँसुकै काम गरे पनि चाहे त्यो स्वरोजगार होस्, ज्यालादारी होस् वा ठेक्कामा किन नहोस् ती श्रमिकहरुलाई श्रम ऐनद्वारा संरक्षण गरिनुपर्छ ।”

 

”श्रमिकलाई ऐनद्वारा नै संवाद गर्ने र हड्ताल गर्ने अधिकार हुनुपर्दछ र अन्यायमा परेका श्रमिकलाई तुरुन्त न्याय दिने श्रम आयोगको व्यवस्था श्रम ऐनमा नै व्यवस्थत गर्नुपर्दछ ।”

 

अध्यक्ष विष्णु रिमालले अगाडि भन्नुभयो, “हाम्रो संगठन जिफन्ट नियम मिच्ने र लाइन मिच्ने संगठन होइन, लोकतन्त्रमा विश्वास गर्ने, सिर्जनाका वाहक हो ।”

 

उद्घाटन समारोहमा जिफन्टका राष्ट्रिय कमिटी सदस्य तथा यातयात सम्बद्ध यूनियन परिषदका प्रमुख राम नरेश सिंहले शुभकामना मन्तव्य दिनुभयो ।

 

त्यस्तै समारोहमा पाकिस्तानका ट्रेड यूनियन पीएफबीडब्लुडब्लुका प्रतिनिधि महमदले शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

समारोहमा जिफन्टका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, उपाध्यक्षहरु उद्धव केसी, बिना श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै समारोहमा जिफन्टका उपमहासचिवहरु, सचिवहरु, राष्ट्रिय कमिटीका सदस्यहरु, विभिन्न घटक यूनियनका पदाधिकारीहरु तथा विदेशी पाहुनाहरुको पनि उपस्थिति रहेको थियो ।

 

त्यस्तै समारोहमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर प्रसाद न्यौपानेका साथै अटोमेकानिक्स सम्बन्धी विभिन्न कम्पनीका प्रतिनिधिहरु र पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

 

समारोहमा पूर्वाञ्चल ल्यूव आयल पीएलओका प्रतिनिधिले अध्यक्ष माधव माण्डेलाई शुभकामना दिने क्रममा नेपाल अटोमेकानिक्स ट्रेड यूनियनद्वारा सञ्चालित श्रमिक भलाइ कोषमा एक लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।

 

समारोहको अध्यक्षता यूनियनका अध्यक्ष माधव पाण्डेले गर्नुभएको थियो । उद्घोषण महासचिव प्रदिप घिमिरेले गर्नुभएको थियो ।

 

समारोहको अन्त्यमा सांस्कृतिक कार्यक्रमका साथै अटोमेकानिक्स सम्बन्धी डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो । 

 

अधिवेशनले माधव पाण्डेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गरेको छ ।

 

निर्वाचित पदाधिकारीहरु–

 

अध्यक्ष ः माधव पाण्डे
उपाध्यक्ष ः कमला तामाङ्
उपाध्यक्ष ः पुष्प लामा
उपाध्यक्ष ः जीवन अधिकारी
उपाध्यक्ष ः ठक्कर विष्ट
महासचिव ः प्रदिप घिमिरे
सचिव ः कर्णबहादुर नेगी
सचिव ः केशवमणि पौड्याल
सचिव ः सरिता पासवान (महिला)
सदस्य ः स्वमित शाह
सदस्य ः रामशाय महतो
सदस्य ः रविन्द्र शाक्य
सदस्य ः रामप्रसाद भण्डारी
सदस्य ः नरेश कुमार कुर्मी
सदस्य ः मोहन थापा मगर
सदस्य ः चन्द्र प्रसाद गैरे
सदस्य ः केशव सिंह एर
सदस्य ः योगेन्द्रवीर मालाकार
सदस्य ः नारायण पुरी 
सदस्य ः देवमान तण्डुकार

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ