Gefont MailGefont Database
Number of online users in last 3 minutes Number of online users in last 3 minutes

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

द्वन्द्वबाट रूपान्तरणतिर विषयमा अन्तरक्रिया

09/07/2010

 

२०६७ असार २५ गते, नेपाल ट्रेड यूनियन महासंघले “द्वन्द्वबाट रूपान्तरणतिर” विषयमा दुई दिने अन्तरक्रिया कार्यक्रम यही २०६७ असार २४–२५ गते भक्तपुरंको नगरकोटमा आयोजना गर्यो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेल हुनुहुन्थ्यो ।

 

कार्यक्रमको सुरुवातमा तीन वर्ष अगाडि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित “सामाजिक रुपान्तरण, पुनर्संरचना र ट्रेड यूनियनका विषयहरु” विषयमा भएको तीन दिने परिसम्वाद कार्यक्रममा प्रस्तुत कार्यपत्र र सहभागीहरुद्वारा राखिएका विचारहरुको सँगालो “द्वन्द्वबाट रूपान्तरणतिर” ४४८ पेजको पुस्तक विमोचन भएको थियो ।

 

जिफन्टका अध्यक्ष विष्णु रिमालले पुस्तक विमोचनको अवसरमा पुस्तक कसरी तयारी भयो भन्ने बारे र तीन वर्ष अगाडि धुलिखेलमा भएको परिसम्वाद कार्यक्रमबारे जानकारी गराउनुभयो । पुस्तकको समीक्षा नेकपा (एमाले)का घनश्याम भुसालले गर्नुभएको थियो ।

 

कार्यक्रममा एफइएस नेपालका निर्देशक देवराज दाहालले ‘नेपालमा सामाजिक रुपान्तरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रस्तुत कार्यपत्रमा अन्तरक्रियामा सहभागी राजनीतिक पार्टीका नेताहरु, विज्ञहरु र ट्रेड यूनियन नेताहरुले आ–आफ्ना मन्तव्यका साथै जिज्ञासाहरु प्रस्तुत गरे । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले गर्नुभएको थियो ।

 

अन्तरक्रियामा महाधिवेशन प्रतिनिधि परिषदका प्रमुख मुकुन्द न्यौपाने, उपप्रमुख ललित बस्नेतका साथै जिफन्टका राष्ट्रिय कमिटीका सदस्यहरु, नेकपा (एमाले) का केशव बडाल, मोदनाथ प्रश्रित, वेदुराम भुसाल, रघु पन्त, प्रदिप ज्ञवाली, खगराज अधिकारी, राजन भट्टराईको उपस्थिति रहेको थियो । त्यस्तै विज्ञहरु डा. शरण केसी, डा. अर्जुन कार्की, डा. जीवन प्रसाई लगायतका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ